फरवार्ड फ्लोरिनलाई अमेरिकाबाट खेल्न अनुमति

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फरवार्ड फ्लोरिन बालोगुनलाई संयुक्त राज्य अमेरिकाबाट खेल्न अनुमति दिएको छ ।

प्रिमियर लिग क्लब आर्सनलका २१ वर्षीय फरवार्डलाई फिफाले अमेरिकाबाट खेल्न अनुमति दिएको हो ।

इंग्ल्यान्डको उमेर समूहको टोलीबाट खेलिसकेका फ्लोरिनले अमेरिकाबाट खेल्नका लागि फिफामा निवेदन दिएका थिए । जसलाई फिफाले अनुमोदन गरेको हो ।

उनले इंग्ल्यान्डको यू-१७, यू-१८, यू-२० र यू-२१ टोलीबाट खेलिसकेका थिए ।

नाइजेरियाली आमाबुबाबाट फ्लोरिन अमेरिकामा जन्मिएका थिए । तर, उनी इंग्ल्यान्डमा हुर्किएका थिए ।

पछिल्लो समय उनले फ्रेन्च क्लब रिम्सबाट खेलिरहेका छन् ।

आर्सनलले युवा फरार्डलाई लोनमा फ्रान्सेली क्लब पठाएको हो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर