आज स्थानीय बजारमा सुनको मूल्य स्थिर

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार स्थानीय बजारमा सुनको मूल्य स्थिर छ । लगातार उतारचढाव भइरहेको सुनको मूल्य मंगलबार स्थिर भएको हो ।

आज मंगलबार सोमबारकै भाउमा सुनको किनबेच भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । महासंघ अनुसार सोमबारकै तुलनामा मंगलबार सुन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

सुनको भाउ स्थिर भएपनि आज चाँदीको भाउ भने बढेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८०५ रुपैयाँमा किनबेच भइरहेको छ । जुन सोमबारको तुलनामा तोलामा १० रुपैयाँले बढी हो । आज अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औंश २६२० डलरमा किनबेच भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा भने बढी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर