महिला च्याम्पियन्स लिग : फाइनलको टिकट सोल्ड आउट

काठमाडौं । महिला च्याम्पियन्स लिग फुटबलको फाइनल खेलको टिकट सोल्ड आउट भएको छ ।

यूईएफएले महिला च्याम्पियन्स लिगको फाइनलको टिकट सोल्ड आउट भएको जनाएको छ ।

महिला च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोना र उल्फवर्ग भिड्ने छन् । नेदरल्यान्ड्समा हुने फाइनल खेल जुन ३ मा हुनेछ ।

यूईएफएले फाइनलको ३४ हजार बढी टिकट बिक्री भईसकेको जनाएको छ ।

सन् २०२० पछि पहिलो पटक महिला च्याम्पियन्स लिगको फाइनलको टिकट सोल्ड आउट भएको हो ।

बार्सिलोनाले चेल्सी र उल्फवर्गले आर्सनललाई हराएर फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर