आज साफ च्याम्पियनसिपको फुटबलको ‘ड्र’ हुँदै

काठमाडौं । भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको ड्र आज बुधबार हुँदैछ।

दक्षिण एसियाली फुटबल महासंघ ९साफ० ले बुधबार च्याम्पियनसिपको ड्र सार्वजनिक गरिने जनाएको छ ।

साफले च्याम्पियनसिपको ड्र नेपाली समय अनुसार दिउँसो १२:४५ बजे सुरु हुने जनाएको छ ।

साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा हुनेछ ।

च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।

फिफाको प्रतिबन्धको कारण यस संस्करण श्रीलंकाले खेल्ने छैन् । तर, कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन् ।

यस अघि साफको १४ औं संस्करण बंगलादेशमा हुने तय थियो । तर, बंगलादेशले आयोजना गर्न नसक्ने भएपछि भारतमा प्रतियोगिता हुन लागेको हो ।

माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।

नेपाल उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर