रविको फोटो सार्वजनिक गर्नेलाई कार्वाही गरिने
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कास्की प्रहरीले तस्बिर सार्वजनिक गर्नेलाई कार्वाही गर्ने जनाएको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै कास्की जिल्ला प्रहरी कार्यालयले अनधिकृत रुपमा फोटो सार्वजनिक गर्ने व्यक्तिलाई साइवर कानून तथा अन्य प्रचलित कानूनबमोजिम कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
सो तस्बिर रास्वपाकै समर्थक डा निकोलस भुषालले सिसीटीभीबाट खिचेर सार्वजनिक गरेको उनी आफैँले स्वीकारेका थिए। डा भुषालले सो तस्बिर सार्वजनिक गर्नु गलत भएको भन्दै सामाजिक सञ्जालमार्फत नै माफी मागेका थिए । लामिछाने सहकारी ठगी प्रकरणमा हाल अनुसन्धानको क्रममा कास्की प्रहरी हिरासतमा छन् ।
प्रतिक्रिया