भारतको काश्मिरमा पाँच आतंककारी मारिए

काठमाडौं । भारतीय सुरक्षा बलले बिहीबारको कारवाहीमा काश्मिरमा कम्तीमा पाँच जना आतंककारी मारिएको जनाएको छ । सन् १९४७ मा ब्रिटिस शासनको अन्त्यमा विभाजन भएदेखि नै आणविक शक्ति सम्पन्न प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिच काश्मिर विभाजित रहेको छ र दुवै देशले यस क्षेत्रमा पूर्ण रूपमा दाबी गर्दै आएका छन् ।

भारतीय सेनाको चिनार कोरले कारबाहीमा पाँच ‘आतङ्ककारी’ को सुरक्षा बलको गोली लागी मृत्यु भएको र दुई जना सैनिक घाइते भएको जनाएको छ । सुदूर उत्तरी क्षेत्रमा ५० लाख भारतीय सेना तैनाथ छन्, जुन ३५ वर्ष लामो विद्रोहसँग लडिरहेको छ जसमा दशौं हजार नागरिक, सैनिक र विद्रोही मारिएका छन् । उक्त क्षेत्रमा यो बर्ष पनि कम्तीमा १२० जना मारिएका छन् ।

विद्रोही समूहहरूले काश्मिर क्षेत्रको स्वतन्त्रताको माग गर्छन् वा यस क्षेत्रलाई पाकिस्तानमा गाभ्न चाहन्छन् । नयाँ दिल्लीले पाकिस्तानलाई नियमित रूपमा लडाकूहरूलाई हतियार प्रदान गरेको र उनीहरूलाई आक्रमण गर्न मद्दत गरेको आरोप लगाउँदै आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले सन् २०१९ मा उक्त क्षेत्रको आंशिक स्वायत्तता खारेज गर्दै यस क्षेत्रलाई आफ्नो प्रत्यक्ष शासनअन्तर्गत ल्याएको थियो । करिब एक करोड २० लाख जनसङ्ख्या रहेको यस क्षेत्रमा नयाँ दिल्लीले नियुक्त गरेका गभर्नरको नेतृत्वमा प्रशासनिक काम हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर