चर्चा कमाएको रवि लामिछानेको यो तस्बिर….

काठमाडौं ।  प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सीसीटीभीबाट लिइएको एउटा तस्बिर बुधबार राति बाहिरिएको छ । सार्वजनिक भएको तस्बिरमा उनी सिरक ओढेर सुतिरहेको देख्न सकिन्छ । प्रहरी हिरासतमै रहँदाको उक्त तस्बिर बाहिरिएपछि पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने नेतृत्वको दल रास्वपाका नेताले आक्रोश व्यक्त गरेका छन् । नेता दीपक बोहराले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै जानाजान प्रहरीले नै तस्बिर सार्वजनिक गरेको दाबी गर्दै आपत्ति जनाएका छन् । कुनै उद्देश्यका लागि तस्बिर सार्वजनिक भएको हुन सक्ने उनले आशंका जनाएका छन् ।

बोहराले फेसबुकमा लेखेका छन्, ‘अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला , अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला’ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ मा पक्राउ परेका लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर