नेपालले हङकङलाई दियो २९८ रनको लक्ष्य

काठमाडौं ।  काठमाडौंमा जारी एकदिवसीय यू–१९ सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले हङकङलाई २९८ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९७ रन बनायो। नेपालका लागि ओपनर सोहिल कुँवरले सर्वाधिक ८१ रन जोडे । कुँवरले १०९ बलमा ९ चौका र एक छक्का प्रहार गरे ।

यस्तै, सन्तोष यादव ६६ रनमा अविजित रहँदा कप्तान अभिषेख तिवारीले २६, अपराजित पौडेल ११, दिलसद अलिले ४१ रन बनाए । बलिङमा हङकङका डेनियल म्यापले ३ विकेट लिए । सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले हङकङलाई तीन विकेटले पराजित गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर