सुन तोलामा दुई सय वृद्धि
काठमाडौं । निरन्तर ओह्रालो लाग्दै आएको सुनको मूल्य मंगलबार भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ।
सुन तोलाको आज १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। उता, चाँदीको मूल्य भने स्थिर छ। हिजो झैं आज पनि चाँदी तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया