एमालेलाई भाटभटेनी जग्गादानसम्बन्धी रिट खारेज

काठमाडौं ।  भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ्गले नेकपा एमालेलाई जग्गा दान गरेको विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। हिजो सोमबार रिट खारेज भएपछि उक्त जग्गामा पार्टी कार्यालय बनाउन एमालेलाई बाटो खुला भएको छ।

अदालतमा मुद्दा विचाराधीन रहेका व्यापारी गुरुङ्गबाट जग्गा दान लिनु घुससरह हुने भन्दै एमालेभित्र आलोचना भएको थियो। आलोचना गर्ने एमाले नेताहरूलाई पार्टीले स्पष्टीकरण नै सोधेको थियो। गुरुङ्गबाट जग्गा दान लिन नहुने रिट सर्वोच्च अदालतले खारेज गरिदिएसँगै एमालेलाई मीनबहादुरको जग्गामा पार्टी कार्यालय बनाउन बाटो खुलेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर