सरकार परिवर्तनको हल्लाले सेयर बजारमा गिरावट ?
काठमाडौं । सेयर बजारमा सोमबार भारी गिरावट आएको छ । नेप्से सूचक ५१.३७ विन्दुले घटेर २६३०.९१ अंकमा बन्द भएको छ । आज बजारमा ५ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से सूचक ५१.३७ विन्दुले घटेर २६३०.९१ अंकमा बन्द भएको छ । आज बजारमा ५ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
लामो समयदेखि साइडवेजमा रहेको बजार सोमबार भने ठूलो अंकले घटेको हो । यस दिन कारोबार रकम पनि सामान्य रहेको छ । बजार माथि जान नसकेपछि पुनः तल झरेको हो । विशेषगरी सरकार परिवर्तनको हल्ला चलेपछि सेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सम्बन्धमा खटपट भएको अनावश्यक हलाले लगानीकर्ता अन्योलमा परेका छन् ।
कुथेली बुखरी हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ ।सकारात्मक सर्किट लागेसँगै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.५८ प्रतिशतका दरले गुमाएका हुन् ।