पेट्रोलमा २ रुपैयाँ वृद्धि, डिजेल, मट्टितेल २ रुपैयाँ सस्तो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमले हिजो राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य समायोजन गरेको हो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको छ । समायोजित मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले घटेको छ ।
प्रतिक्रिया