काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए ।

२०४९ मा स्थानीय निर्वाचन जितेर उनी तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बनेका थिए । पञ्चायत व्यवस्थापछि सिंह काठमाडौंका पहिलो मेयर हुन् । सिंह काठमाडौंबाट चुनाव जितेर मन्त्रीसमेत भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर