आज ‘मदन–आश्रित स्मृति दिवस’ दासढुंगा हत्याकाण्ड अझैपनि रहस्यमै

काठमाडौं । २०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशै भरी ‘मदन–आश्रित स्मृति दिवस’ मनाईदैछ ।

तत्कालिन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको रहस्यमय सडक दूर्घटनामा मृत्यु भएको तीस वर्ष पुगेको छ ।

२०५० साल जेठ ३ गते मुग्लिन–चितवन सडकखण्डको दासढुंगामा भएको जीप दूर्घटनामा मदन–आश्रितको निधन भएको थियो । जीपका चालक अमर लामा सकुशल रहेर नेताद्वयको मृत्यु भएको उक्त घटना अहिले पनि रहस्यमय नै छ । घटनाका एक मात्र सबुत चालक अमर लामाको पनि माओवादी द्वन्दकालका क्रममा २०६० सालमा कीर्तिपुरमा दिनदहाडै हत्या भएपछि मदन–आश्रित दूर्घटना सधैं रहस्यमै रहने अवस्था बनेको हो ।

यस बीचमा नेकपा एमालेकै नेतृत्वमा थुप्रै सरकार बन्ने र मदन भण्डारीकै पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति बन्दा पनि उक्त घटना पुनः छानविन गरिएन । यसैबीच, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले आज छुट्टाछुट्दै रुपमा मदन–आश्रित स्मृति दिवस मनाउने भएका छन् । मदन भण्डारीको अगुवाईमा प्रतिपादन भएको जनताको वहुदलिय जनवाद (जबज) लाई नेकपा एमालेले पार्टीको मार्गदर्शन सिद्धान्तका रुपमा अंगीकार गर्दे आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर