भक्तपुर नगरपालिकाको आयोजनामा पाँचदिने महोत्सव सुरु

भक्तपुर ।  आन्तरिक तथा वाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा पाँचदिने भक्तपुर महोत्सव यहाँ सुरु भएको छ । नगरपालिकाले २६ वर्षअघि यस्तै महोत्सवका गरेको थियो ।

नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुरका कला, संस्कृति, सम्पदा र मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशीलाई जानकारी गराउँदै यो पुरानो शहरलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न महोत्सव सहयोगी हुने विश्वास  व्यक्त गरे ।

महोत्सवमा  ऐतिहासिक कला, संस्कृति, धार्मिक परम्परा झल्कने नृत्य, हस्तकला, घरेलु उद्योग, सीप, कला, खाद्य सामग्री, (बाँसुरी वादन प्रतियोगिता, भजन, नौबाजा, परम्परागत र आधुनिक सांस्कृतिक नाच), प्रदर्शनी, पौभा, तस्बिर, चित्रकला, छ्वालीकला प्रस्तुत गरिने छ ।

यसैगरी परम्परागत पोशाक, वाद्यवादन, जीवित कुमारी, दिपङ्कर बुद्ध, मृत्तिका कला प्रदर्शनी, बौद्ध प्रकाशन, कृषि उत्पादन, खाना महोत्सवलगायत गतिविधि हुने छन् । भक्तपुर नगरलाई महोत्सवमय बनाउन नगरका ३२ स्थानमा प्रदर्शनी स्थल राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर