आज पत्रकार महासंघको निर्वाचन

काठमाडौं ।  नेपालका पत्रकारहरुको छाता संगठन पत्रकार महासंघको नयाँ नेतृत्व चयनको लागि आज मतदान हुँदैछ। महासंघको जिल्ला, प्रदेश र केन्द्र तीनै तहको निर्वाचन आज हुन लागेको हो।

महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने पत्रकार महासंघले जनाएको छ। शुक्रबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ।

निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र छन्। केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलावी रङको मतपत्र हुने निर्वाचन समितिले जनाएको छ।

केन्द्रीय समितिको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ। अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन्। त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर