मुम्बईमाथि लखनउको जित

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई हराएको छ ।

मंगलबार घरेलु मैदान ऐकना स्टेडियममा लखनउले मुम्बईलाई पाँच रनले हराएको हो ।

जितका लागि १७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन मात्र बनायो ।

मुम्बईका ईशान किशनले ५९, कप्तान रोहित शर्माले ३७, टिम डेविडले अविजित ३२ तथा नेहाल वधेराले १६ रन बनाए ।

लखनउका लागि रवि विश्रोई र यश ठाकुरले समान २-२ तथा मोहसिन खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

लखनउका लागि मार्कस स्टोईनिसले अविजित ८९, कप्तान कुर्नाल पान्ड्याले ४९ तथा क्विटन डि ककले १६ रन बनाए ।

मुम्बईका लागि जेसन बेहरेनड्रर्फले २ तथा पीयुष चावलाले १ विकेट लिए ।

जितसँगै १५ अंक जोडेको लखनउ तेस्रो स्थानमा उक्लिएको छ ।

यस खेलमा जित हात पारेको लखनउको प्लेअफ प्रवेशको सम्भावनालाई बलियो भएको छ ।

मुम्बई १४ अंक जोेड्दै चौथो स्थानमा झरेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर