सुन प्रति तोला दुई हजार रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज सुन मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन मूल्य प्रति तोला दुई हजारले बढेको हो।
हिजो मंगलबार तोलामा एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन मूल्य बढेसँगै आज १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी तोलामा १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया