मुकेश कायस्थलाई शहीद घोषणा गर्ने निर्णय

काठमाडौं । सरकारले मुकेश कायस्थलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
गत बुधबार ३३ वर्षको उमेरमा उनको निधन भएको थियो। कायस्थ विसं २०६२/६३ को जनआन्दोलनका घाइते हुन्। घाइते भएको १७ वर्षपछि उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा निधन भएको हो।
प्रतिक्रिया