काठमाडौंमा छिटपुट वर्षासँगै चिसो बढ्यो

काठमाडौं  । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा सोमबार छिटपुट वर्षा भएको छ । आइतबार साँझबाट देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदली भएको मौसम सोमबार रातीसम्म कायम रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीको कारण आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ ।

महाशाखाका अनुसार आइतबारदेखि सोमबार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा तथा गण्डकी, बागमती प्रदेश र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी  प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र अन्य प्रदेशका पहाडी  भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्नेछ ।

वर्षा हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर