नेपाली कांग्रेसभित्र रूपान्तरण अभियानको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले कांग्रेस रुपान्तरण अभियानको घोषणा गरेका छन्। कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, युवा नेता गुरु घिमिरे, रञ्जित कर्ण र भूपेन्द्रजंग शाहीलगायतका नेताहरूद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस रुपान्तरण अभियानको घोषणा गरेका हुन्।

केन्द्रीय सदस्य मधु आचार्यले कांग्रेस पार्टी जमुवा पोखरीझैँ भएको बताउँदै उनले नेपाली कांग्रेसको चाल, चरित्र र चेहरालाई परिवर्तन नगरी कांग्रेस रुपान्तरणको सम्भावना नहुने भएकाले आफूहरुले पार्टीको समयसापेक्ष रुपान्तरण गर्ने बताए ।

उनले भने, “हाल कांग्रेसभित्र गैरकांग्रेसी चरित्रले बास गरेको र कांग्रेसभित्र नैतिक शक्तिको क्षय भएको तथा आफूहरुले राजनीतिमा नैतिक शक्तिलाई जोड्ने छौं । ”

आचार्यले कांग्रेसको कमी, कमजोरीबाट फाइदा उठाएर देशको राजनीतिमा उग्रवामपन्थी र दक्षिणपन्थी शक्तिको उदय भएको पनि उल्लेख गरे । अभियानले जेठ ११ गते जनकपुर, जेठ १६ गते काठमाडौं, जेठ २० गते पोखरा, जेठ २२ गते दाङ, जेठ २४ गते सुर्खेत, जेठ २६ गते धनगढी, जेठ २९ गते इटहरी र जेठ ३१ गते पुनः काठमाडौंमा बृहत भेला तथा अन्तरक्रिया कार्यक्रम गर्ने तय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर