रवि लामिछानेलाई वीरगन्ज लगिँदै

काठमाडौं ।  सहकारीको रकम अपचलनको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज वीरगन्ज लगिने भएको छ । वीरगन्जको सानो पाइला सहकारीको बचत अपचलनको आरोपमा बयानका लागि लामिछानेलाई लैजान लागिएको हो ।

कास्की प्रहरीको हिरासतमा पोखरामा रहेका लामिछानेलाई जहाजमार्फत् काठमाडौं ल्याएर यहाँबाट पुन: जहाजबाटै सिमरामा लगिने छ । त्यहाँबाट भने गाडि मै राखेर उनलाई वीरगन्ज लगिने भएको हो । वीरगन्जमा जिल्ला सरकारी वकिलको कार्यालयको रोहवरमा बयान लिएपछि लामिछानेलाई पुन: पोखरा पठाइने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर