प्रधानमन्त्री ओलीलाई झापामा कालो झण्डा, ११ जना नियन्त्रणमा

काठमाडौं ।  प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापामा कालो झण्डा देखाउन खोज्ने एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो दमक चोकमा प्रधानमन्त्री ओलीको आगमनलाई लक्ष गरी कालो झण्डा देखाउने तयारी गरिरहेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कालो झण्डा देखाउन खोजेपछि दमकको आकाशे पुल छेउबाट ११ जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । कोशी प्रदेश नामकरणको विषयमा असन्तुष्टि पोख्दै आएका समूहले कालो झण्डा देखाउने तयारी गरेको थियो ।

प्रधानमन्त्री ओली आइतबार बिहान गृह जिल्ला झापा गएको थियो । उनी दमकको व्यापारिक कम्लेक्स उद्घाटनका लागि दमक आउने क्रममा सडकमा प्रदर्शनकारीले विरोध गर्न खोजेपछि प्रहरीले बिहानैदेखि निगरानी राखेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर