सर्वोच्च अदालतद्वारा रेशम चौधरीको जन्म कैद सदर

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय गर्ने उच्च अदालत दिपायलको फैसलालाई सदर गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय सदर हुने फैसला मंगलबार गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले बताए ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट–थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपमा रेशम चौधरी जन्मकैदको सजाय डिल्लीबजार कारागारमा भोगिरहेका छन् ।

चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर