आज आइतबार सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं ।  नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । यसअघि तोलामा एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । यसअघि प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर