पत्रकार महासंघ निर्वाचनः मिल्यो चौतारी र युनियनबीच भागबण्डा

काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा भएको छ ।
आगामी २८ गते हुने महाधिवेशनमा नेतृत्वका लागि प्रेस चौतारी र प्रेस युनियनबीच भागबन्डा भएको हो ।
भागबन्डा अनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा उम्मेदवारी दिने भएको छ । बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी हुनेछ ।
यसैगरी, प्रदेशको नेतृत्वमा पनि भागबण्डा भएको छ । प्रदेशमा कोशी, मधेस, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिने तथा बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिने गरी सहमति भएको छ ।
जिल्ला अध्यक्षहरुमा पनि भागबण्डा भएको छ । ४५ युनियन जिल्ला अध्यक्ष युनियन र ३२ जिल्ला अध्यक्ष चौतारीले लिएको छ । जिल्लाहरुको संख्या टुंगिएपनि कसले कुन जिल्ला लिने भन्ने टुंगिन बाँकी छ ।
महाधिवेशनका लागि आज मनोनयन दर्ता हुँदैछ ।