“संसद् र सरकार अरूले नै चलाउने रहेछ, हामी त डमी मात्र रहेछौँ ”

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले संसद् र सदन अरुले नै चलाउने आफूले अनुभूति गरेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा उनले भने, “संसद् र सरकार अरूले नै चलाउने रहेछ, हामी त डमी मात्र रहेछौँ ।” आफूले मन्त्रीको रुपमा त्यस्तो अनुभूति गरेको भन्दै उनले मन्त्री अरुले नै चलाउने र आफूलाई ‘शोकेसको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो गरे ।

पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नु पर्ने आवश्यकता रहेको उनको भनाइ थियो । त्यसमा सहयोग गर्न संघीय संसद् र सांसदहरुलाई आग्रह गर्दै मन्त्री किराँतीले संसद्मा बल दिएमात्रै आफूहरुले केही गर्न सक्ने अवस्था रहेको बताए । मन्त्री किराँतीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रिपरिषद्‍बाट पास गराएर संसद्मा पेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर