वाडबडी विमान खरिदमा ४ जनाले भ्रष्टाचार गरेको ठहर

काठमाडौं ।  विशेष अदालतले वाडबडी विमान खरिदमा नेपाल वायुसेवा निगमका तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारीसहित चार जनालाई भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासबाट हिजो बिहीबार संक्षिप्त फैसला प्रकाशन गर्दैनेवानिका तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगानालाई दोषी ठहर गरेको हो ।

कंसाकारलाई २ वर्ष ६ महिना कैद तोकेको छ । यस्तै, उनलाई १२ करोड २५ लाख ९० रुपैयाँ जरिवाना पनि तोकिएको छ । कंसाकार अहिले ७४ वर्ष पुगिसकेकाले ज्येष्ठ नागरिकको लाभ लिँदै कैदमा ५० प्रतिशत छुट पाउनेछन् । जुन कुरा अदालतको फैसलामै लेखिएको छ।

पूर्वमन्त्री शाहीले सफाई पाए

वाइडबडी खरिदमा भ्रष्टाचार प्रकरणमा विशेष अदालतले  तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीले भने सफाइ पाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर