आज नेप्से परिसूचक १५.९३ अंकले घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक घटेको छ । आज १५.९३ अंकले नेप्से परिसूचक घटेर दुई हजार ७ सय ३४ दशमलव ९३ बिन्दुमा बजार बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स ५.०२, फ्लट इण्डेक्स १.७४, र सेन्सेटिभ फ्लट इण्डेक्स १.७१ अंकले घटेको छ ।
हिजो ९ अर्ब १३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार र जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो ।
आज कारोबारमा आएका २४४ मध्ये २०१ कम्पनीको शेयरमूल्य घटेको छ भने ४० कम्पनीको बढेको छ । यस्तै ३ कम्पनीको शेयर स्थिर रहेको छ ।
खानीखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावरको शेयरमूल्य ९.९५ प्रतिशत बढेको छ । कारोबारमा आएको सपोर्ट हाइक्रोफाइनान्सको शेयरमूल्य भने आज सर्वाधिक ८.३७ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आजन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । यो फाइनान्सको आज ४२ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।