प्रधानमन्त्री र सभामुखबीच भेटघाट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सदनको कामकारवाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले यही जेठ ५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस गर्ने तयारी भएको जानकारी गराएको थियो । प्रधानमन्त्रीले सोमबारदेखि समितिको बैठक बसेकामा खुशी व्यक्त गरेका थिए ।

सो क्रममा उनले सदनमा पेस भएका विधेयकलाई प्रक्रियागत रुपमा अगाडि बढाउन सभामुखले भूमिका निर्वाह गर्ने अपेक्षा गरेको बताएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर