एनपीएलमा ‘बेटिङ’ खेलाएको आरोपमा चार जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मंगलबार चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुई भारतीय नागरिक छन् । उनीहरूलाई सोमबारको खेलमा बेटिङ गराएको आरोपमा पक्राउ गरिएको सीआईबीका प्रमुख एवं एआईजी दीपक थापाले जानकारी दिए । उनीहरू सबैलाई कीर्तिपुरस्थित त्रिवि खेल मैदानबाटै पक्राउ गरिएको हो । आज मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर