कप्तान दीपेन्द्रको शानदार अर्धशतक, दूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको चुनौती

काठमाडौं। कप्तान दीपेन्द्रसिंह ऐरीको सानदार अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सलाई १८३ रनको कीर्तिमानी लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८२ रन बनाएको हो। यो एनपिएलमा बनेको कीर्तिमानी रन हो। यसअघि जनकपुर बोल्ड्सले सोमबार कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य पूरा गरेको थियो। यो नै उच्च स्कोर थियो।

विराटनगरविरुद्ध सुदूरपश्चिमले खराब सुरुआत गरेको थियो। पहिलो पावर प्लेमै ओपनरद्वय अमित श्रेष्ठलाई एक र विनोद भण्डारीलाई २३ र आसिफ सेखलाई नौ रनमा गुमाएको थियो। तर, ब्रान्डन म्याकमुलनको ३६ र दीपेन्द्रसिंह ऐरीको अविजित ५७ रनले विराटनगरलाई कीर्तिमानी लक्ष्य दिन सफल भएको हो। विराटनगरका अनिल खरेलले सर्वाधिक तीन विकेट लिए। क्रिस सोल, इस्मत अलाम र बसिर अहमदले समान एक विकेट आफ्नो नाममा लेखाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर