विक्रान्त मेसीले अचानक अभिनयबाट ब्रेक लिने घोषणा गरे

काठमाडौं । ‘१२ वी फेल’ र ‘द साबरमती’ जस्ता चलचित्रबाट आफ्नो पहिचान बनाएका अभिनेता विक्रान्त मेसीले अचानक अभिनयबाट ब्रेक लिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जाल पोस्टमार्फत सो जानकारी दिएका हुन् । यो खबर बाहिर आएसँगै विक्रान्तका फ्यानहरु स्तब्ध र निराश बनेका छन् । कतिपयले उनी अभिनयबाट सधैं टाढै बसेको विश्वास गर्छन् भने कतिपयले ठीक समयमा पुनरागमन गर्ने बताएका छन् ।

विक्रान्तले आफ्नो पोस्टमा लेखेका छन्, ‘नमस्कार, पछिल्ला केही वर्ष र त्यसपछिका वर्षहरू अद्भुत छन्। तपाईको निरन्तर सहयोगको लागि म तपाईहरू सबैलाई धन्यवाद दिन्छु, तर म अगाडि बढ्दै जाँदा, मैले महसुस गरेको छु कि यो आफैलाई पुनः सन्तुलन र घर फर्कने समय हो। पति, बुबा, छोरा र अभिनेताको रूपमा पनि २०२५ मा हामी एकअर्कालाई अन्तिम पटक भेट्नेछौं।’

विक्रान्तको यो घोषणालाई लिएर चलचित्र उद्योगबाट धेरै प्रतिक्रिया आइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर