राष्ट्रपति बाइडेनले आफ्ना छोरालाई आममाफी दिए

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई आपराधिक मुद्दामा सजाय भोगिरहेका आफ्ना छोरालाई आधिकारिक माफी दिएका छन् ।  छोरा हन्टर बाइडेनको मुद्दाको तथ्यलाई तर्कसङ्गत रुपमा नहेरिएको र आफ्नो छोरा भएको कारण मात्र दोषी ठहराइएको राष्ट्रपति बाइडेनद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रपति बाइडेन ले पटक–पटक आफ्नो छोरालाई माफी नदिने र न्याय विभागको निर्णय प्रक्रियामा हस्तक्षेप नगर्ने बताउँदै आएको थियो । तर अमेरिकाका भावी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा कार्यभार सम्हाल्नु अघि आफ्नो कार्यकालको अन्तिम हप्तामा रहेका बाइडेनले यस्तो घोषणा गरेका हुन् । ट्रम्पले एफबीआई र न्याय विभागमा आफ्ना नजिकका व्यक्तिहरु नियुक्त गर्ने क्रम अघि बढिरहेका बेला चालिएको यो कदमले अमेरिकी न्यायिक प्रणालीको स्वतन्त्रतामाथि नयाँ अनुसन्धान अघि बढाउने निश्चित रहेको टिप्पणी गरिएको छ ।

राष्ट्रपति बाइडेनका छोरा हन्टर बाइडनलाई यसै वर्षको सुरुमा बन्दुक किन्दा लागूऔषधको प्रयोगबारे झूट बोलेको अभियोगमा दोषी ठहर गर्दै गरिएको थियो । यस्तै उनलाई कर छलीको छुट्टै मुद्दामा पनि दोषी ठहर गरिएको थियो । यद्यपि, उनले यो आरोप अस्वीकार गर्दै आएको थियो । हन्टर बाइडनलाई गत सेप्टेम्बरमा कर छलीको अभियोगमा १७ वर्षको जेल सजायको घोषणा गरिएको थियो । अवैध बन्दुक राखेको छुट्टै अभियोगमा उनलाई २५ वर्षको जेल सजाय सुनाइएको थियो । अमेरिकी राष्ट्रपतिहरूले यसअघि पनि परिवारका सदस्य र अन्य राजनीतिक सहयोगीहरूलाई सहयोग गर्न क्षमादानको प्रयोग गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर