सुन प्रति तोला १२ सय र चाँदीमा २५ रुपैयाँ घट्यो
काठमाडौं । आज सोमबार आइतबारको तुलनामा सुन प्रति तोला १२ सय रुपैयाँ घटेको छ भने चाँदीमा १५ स्पैयाँ घटेको छ। हिजो आइतबार सुन प्रति तोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको थियो भने आज प्रति तोला एक लाख ४९ हजार तीन सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, हिजो आइतबार चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएकोमा आज सोमबार चाँदी प्रति तोला एक हजार ८ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया