आज आइतबार नेप्से परिसूचक ९.९९ अंकले घट्यो

काठमाडौं ।  कारोबारको पहिलो दिन आज आइतबार नेप्से परिसूचक घटेको छ । आज ९.९९ अंकले नेप्से परिसूचक घटेर दुई हजार ७३८.०६ बिन्दुमा बजार बन्द भएको हो ।

सेन्सेटिभ इन्डेक्स ४.२०, फ्लट इन्डेक्स १.५८ र सेन्सेटिभ फ्लट इन्डेक्स १.२५ अंकले घटेको छ । आज विकास बैंक, होटल तथा पर्यटन र वृत्त उपसमूहबाहेक अन्य १० उपसमूहको शेयर ओरालो लागेको छ भने कारोबारमा आएका २४४ कम्पनीमध्ये १७८ कम्पनीको शेयर घटेकोमा ६३ कम्पनीको शेयर बढेको छ र ३ को स्थिर रहेको छ ।

आज विशालबजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । यसदिन ८ अर्ब ८३ करोड २२ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर