एनपिएल च्याम्पियनले १ करोड ११ लाख पाउने

ठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशि  एक करोड ११ लाख  रुपैयाँ हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले जनकपुर बोल्ड्स र विराटनगर किङ्सबीचको उद्घाटन खेलअघि उक्त जानकारी दिएको हो। क्यानका अनुसार विजेता टोलीले एक करोड ११ लाख रुपैयाँ पाउने छ।

यो कुनै पनि राष्ट्रिय प्रतियोगिताकै सर्वाधिक पुरस्कार राशि हो। यसअघि २०७१/०७२ को राष्ट्रिय लिग विजेता थ्री स्टार क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कीर्तिमानी पुरस्कार एक करोड दिएको थियो। उक्त कीर्तिमान एनपिएलले तोडेको हो।

यस्तै, एनपिएलमा दोस्रो हुने टोलीले ५० लाख रुपैयाँ पाउने भएका छन्। तेस्रोलाई ३० लाख र चौथो हुनेलाई २० लाख रुपैयाँ दिने क्यानले जनाएको छ। यसरी क्यानले समग्रमा एनपिलको पुरस्कार राशिमा क्यानले दुई करोड ११ लाख रुपैयाँ खर्च गर्ने भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर