रामेछाप जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो
काठमाडौं । रामेछापमा जिप दुर्घटना हुँदा मृत्यु भएका पाँच जनामध्ये थप एक जनाको सनाखत भएको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालक रहेका छन् । काठमाडौंबाट बेतालीतर्फ आउँदै गरको ना१ज ७१२३ नम्बरको जिप आज दिउँसो गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा दुर्घटना हुँदा जिप चालक सिन्धुलीका ३० वर्षीय हिराबहादुर कार्कीको पनि मृत्यु भएको छ । प्रहरीका अनुसार गाडी सडकबाट करिब ३ सय मिटर तल खसेको छ
यस्तै गोकुलगङ्गा–४ बेतालीका वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतको पनि मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए । मृतक अन्य तीनजनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते तीनै जनालाई उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया