सांसद आरजु राणा र मञ्जु खाणबारे अहिले मिडिया ट्रायल भइरहेको छ : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिलो पटक आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका छन् ।

डा. महतले मंगलबार बिहान बिजुलीबजारमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले उक्त घटनामा अनुसन्धानलाई सघाइरहेको दाबीसमेत गरे । पत्रकार सम्मेलनमा डा. महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा व्यक्त गरेका धारणा यसप्रकारको छ : “सभापति (देउवा) को धेरै बोल्ने बानी छैन। उहाँले स्वतन्त्र र निष्पक्ष अनुसन्धानको पक्षमा छौं भन्नुभएको छ। दोषीलाई बचाउनु पर्छ भन्ने हामीले भनेका छैनौं। केन्द्रीय सदस्य खाणले आफू यो प्रकरणमा निर्दोष रहेको बताएकाले उनलाई पार्टीको जिम्मेवारीबाट निलम्बन नगरिएको हो । उहाँले म निर्दोष छु, प्रमाणित गरेर देखाउँछु भन्नुभएको छ। दोषी प्रमाणित नहुँदै दोषी करार गर्ने कुरा नमिल्ने भएकाले पार्टीले कारबाही गरेको छैन। मञ्जु खाँण पार्टीको केन्द्रीय सदस्य हो। केन्द्रीय सदस्यलाई हामीले फलो गर्दैनौं। सांसद आरजु राणा र मञ्जु खाणबारे अहिले मिडिया ट्रायल भइरहेको छ । आरजुले त्यो अडिओ फेक हो भने साइबर ब्युरोमा उजुरी पनि दिइसक्नुभएको छ। हामीलाई पनि त्यो फेक हो भन्ने लाग्छ । अहिले उहाँहरूविरूद्ध मिडिया ट्रायल भइरहेको छ । महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले यो विषयमा पार्टी पदाधिकारी बैठकमा कुनै असन्तुष्टि व्यक्त गरेको मलाई थाहा छैन ।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर