प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ।  मन्त्रिपरिषद्को  बिहीबार बसेको बैठकले मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो।

प्रधानमन्त्री ओलीको चीन भ्रमण ८७ सदस्यीय हुनेछ । सरकारी खर्चमा ३९ जना र निजी खर्चमा ४८ जना चीन जानेछन्। बैठकले प्रधानमन्त्रीको भ्रमणको एजेन्डाका विषयमा भने कुनै निर्णय नगरेको बताइएको छ ।  एजेन्डा तय गर्न परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै चीन प्रस्थान गरेकी छन्। मंसिर १५ गतेसम्म उनी चीनमै रहेर नेपाल र चीनबीच सम्झौता हुने एजेन्डा तय गर्नेछन्। परराष्ट्रमन्त्री राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता पनि गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर