प्रतिनिधिसभाअन्तर्गत विषयगत समितिको बैठक प्रारम्भ

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको दश वटा विषयगत समितिहरूको बैठक बसेको छ । समितिहरूको बैठक मंगलबार सिंहदरबारस्थित कार्यालयमा बसेको हो ।
सबै समितिहरूको बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्यहरूले गरेका छन् । सार्वजनिक लेखा समितिको सभापतित्व समितिका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गरे । पूर्वाधार विकास समितिको सभापतित्व नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले गरे ।
त्यसैगरी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बराइली, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा जनता समाजवादी पार्टीका सांसद नवलकिशोर साह सुडी, शिक्षा तथा स्वास्थ्य समिति सभापतिमा नेकपा एमालेका सांसद कालुराम राई र राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी रहेका छन् ।
त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समिति बैठकको सभापतित्व नेपाली कांग्रेसका सांसद शेरबहादुर देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्की र अर्थ समितिको सभापतित्व नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले गरेका छन् ।