नेप्से परिसूचक ८.३० अंकले घट्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यसदिन ८.३० अंकले नेप्से परिसूचक घटेर दुई हजार ७४८.०५ अंकमा बजार बन्द भयो । आज सेन्सेटिभ इन्डेक्स ३.३८, फ्लट इन्डेक्स १.३९ र सेन्सेटिभ फ्लट इन्डेक्स १.०४ अंकले घटेको छ । १३ उपसमूह मध्ये बैंक, जीवन बीमा र वित्त बाहेक सबै उपसमूहको शेयर घटेको छ ।
आज कारोबारमा आएका २४४ मध्ये ५० कम्पनीका लगानीकर्ताले कमाउँदा ५० कम्पनीको शेयर ओरालो लागेको छ । विशाल बजार कम्पनी र विन लघुवित्तको शेयरमा सर्किट लाग्दा मानुषी लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज नेप्से परिसूचकसँग सँगै कारोबार रकम पनि घटेको छ । यसदिन ८ अर्ब ५४ करोड ५५ करोड रुपैयाँ बराबरको १ करोड ६६ करोड ६३ लाख ३५५ कित्ता शेयर खरिदबिक्री भएको छ । बुधबार ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता शेयर खरिदबिक्री भएको थियो ।