लिभरपुलसँग रियल मड्रिड पराजित
काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा इङ्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडलाई पराजित गरेको छ । गए राति भएको खेलमा लिभरपुल २-० ले विजयी भएको हो ।
खेलको ५२औँ मिनेटमा लिभरपुलका एलेक्सिस मक एलिस्टरले गोल गर्दै रियल मड्रिडविरुद्ध अग्रता दिलाए । त्यस्तै ७६औँ मिनेटमा कोडी गाक्पोले लिभरपुरका लागि अर्को गोल गरे । रियल मड्रिडले गोल गर्न नसकेपछि लिभरपुल २-० ले विजयी भएको हो ।
लिगअन्तर्गतकै अर्को खेलमा एस्टन भिल्ला र युभेन्टसले गोलरहीत बराबरी खेले भने जिरोनालाई एसके स्टर्म गर्जले १-० ले स्तब्ध पार्यो । त्यस्तै बेनफिकासँग ३-२ ले मोनाको स्तब्ध बन्न पुग्यो ।
प्रतिक्रिया