दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते

काठमाडौं । दैलेखमा गएराति  चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।

डुङ्गेश्वर गाउँपालिका २ को लाँकुरी भन्ने गाउँमा गएराति चट्याङ पर्दा घरमा सुतिरहेकाहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घाइते हुनेहरुमा २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक रहेको पनि प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये पारस र हेमालाई बढी चोट लागेको । घाइते चारै जनालाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर