धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार ग्रहण गरे
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् । सोमबारको मन्त्रिपरिषद वैठकले अध्यक्षमा नियुक्ति गरेको तेस्रो दिन उनले पदभार ग्रहण गरेका हुन् । बोर्ड गत पुस २० गतेदेखि अध्यक्ष बिहीन रहेको थियो ।
हिजो उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नियुक्ति९पत्र हस्तान्तरण गरेका छन्। उक्त कार्यक्रममा अध्यक्ष श्रेष्ठले मन्त्रीसमक्ष शपथग्रहण पनि गरेका थिए । नवनियुक्त अध्यक्षलाई आज बिहान बोर्डको कार्यालयमा कर्मचारीले स्वागत गरे।
सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्ति गरेको थियो । उनी आगामी ४ वर्षका लागि धितोपत्र बोर्ड अध्यक्षमा नियुक्त भएका हुन् ।