पाकिस्तानमा प्रदर्शन चर्कियो, चार सुरक्षाकर्मी मारिए

काठमाडौं ।  पाकिस्तानमा भूतपूर्व प्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्नुपर्ने मागसहित विरोध प्रदर्शनमा उत्रिएका उनका समर्थकहरूले सुरक्षा छेकबारहरू पन्छाउँदै राजधानी इस्लामाबादको केन्द्रमा प्रवेश गरेका छन्।

हजारौँ विपक्षी प्रदर्शनकारीहरू डि-चौक भनिने ठूलो चोकमा भेला भएर धर्ना दिने कार्यक्रम गर्न चाहन्छन्। उक्त स्थान राजधानीका सबै सरकारी निकायहरूको नजिकमा पर्दछ। नेता इमरान खानका समर्थकहरूको भीडलाई राजधानीको केन्द्रमा पुग्नबाट रोक्ने प्रयासमा सुरक्षा सैन्यसँग विभिन्न झडपका घटनाहरू भएका छन् भने भीडमाथि अश्रुग्यास र रबरका गोली प्रहार गरिएको छ।

राजधानीका केही क्षेत्रमा सेना समेत परिचालन गरिएकोछ। प्रहरीका अनुसार तीव्र गतिमा आइरहेको एक सवारीसाधनलाई रोक्ने प्रयास गरेका चार सुरक्षाकर्मीहरूको ज्यान गएको छ। नेता इमरान खान विभिन्न अभियोगहरूसहित एक वर्षभन्दा बढी समयदेखि थुनामा छन् र उनले आफूविरुद्धका सबै आरोपहरूको खण्डन गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर