विद्युत् प्राधिकरणलाई सबै निर्णयहरू यथास्थितिमा राख्न निर्देशन

काठमाडौं ।  नियमनकारी निकाय विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई अहिले सबै निर्णयहरू यथास्थितिमा राख्न निर्देशन दिएको छ । हिजो सोमबार आयोगले प्राधिकरणलाई मन्त्रिपरिषद्को निर्णयअनुसार बक्यौता उठाउन र अरू निर्णयहरू यथास्थितिमा राख्न निर्देशन दिएको थियो । आयोगका अध्यक्ष डा. रामप्रसाद धितालका अनुसार मन्त्रिपरिषद्ले जाँचबुझ समिति बनाएकाले त्यसको रिपोर्ट नआउँदासम्म अन्य निर्णय नगर्न भनिएको हो । उनले भने, ‘बक्यौता उठाउने कुरमा सम्झौता हुँदैन । स्पष्ट रूपमा उठाउने भनेका छौँ । बाँकी कुरा यथास्थितिमा राख्न भनिएको हो ।’

जाँचबुझ समितिको रिपोर्ट आएपछि पैसा बढी आएको भए समायोजन गर्न पनि निर्देशन दिइएको धितालले बताए । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १५ दिनभित्र महसुल नबुझाए लाइन काट्ने चेतावनी दिएका थिए । आयोगले यथास्थितिमा भन्दै घुमाउरो भाषामा प्राधिकरणलाई तत्काल लाइन नकाट्न भनेको बुझिन्छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणको सञ्चालक समितिले उद्योगीलाई दिएको समय भोलि सकिँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर