विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन

काठमाडौं ।  विश्वका सबैभन्दा वृद्ध व्यक्ति, बेलायतका जोन टिनिसवुडको ११२ वर्षको उमेरमा उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टमा रहेको केयर होममा निधन भएको गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार उनको परिवारलाई उद्धृत गर्दै जनाएको छ । टिनिसवुडको जन्म सन् १९१२ अगस्ट २६ मा लिभरपुलमा भएको थियो र सोमबार उनको निधन भएको थियो ।

अप्रिलमा भेनेजुएलाका ११४ वर्षीय जुआन भिसेन्टे पेरेजको निधनपश्चात् उनी विश्वका सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए । “उहाँको अन्तिम दिन सङ्गीत र प्रेमले भरिएको थियो”, परिवारले एक विज्ञप्तिमा भनेको छ, “वर्षौंदेखि उहाँको हेरचाह गर्ने सबैलाई धन्यवाद ।”

टाइटानिक जहाज डुबेको सोही वर्षमै जन्मेका र दुवै विश्व युद्धबीच जीवित रहेका टिनिसवुडले गिनिज विश्व रेकर्डस्लाई उनको दीर्घायुको रहस्य ‘शुद्ध भाग्य’ रहेको बताएको थियो । “तपाईं या त लामो बाँच्नुहुन्छ वा तपाईं छोटो बाँच्नुहुन्छ र तपाईं यसका बारेमा धेरै गर्न सक्नुहुन्न”, उनले भनेका थिए । उनले स्वस्थ रहन सबै कुरामा संयम अपनाउन सल्लाह दिएका थिए ।

“यदि तपाईं धेरै पिउनुहुन्छ वा धेरै खानुहुन्छ वा धेरै हिँड्नुहुन्छ भने, यदि तपाईं तपाईँले धेरै केही गर्नुभयो भने, तपाईं ले अन्ततः कष्ट भोग्नुहुनेछ”, उनले भनेका थिए ।

दोस्रो विश्वयुद्धको समयमा टिनिसवुडले रोयल आर्मी पे कर्प्समा प्रशासनिक भूमिका निर्वाह गरे भने पछि शेल र बीपी जस्ता तेल कम्पनीहरूमा हिसाब किताबको काम गरेका थिए । उनी लिभरपुल फुटबल क्लबका आजीवन समर्थक थिए र हरेक शुक्रबार माछा र चिप्स खाने गर्द थिए । विश्वको सबैभन्दा वृद्ध महिला जापानकी ११६ वर्षीया टोमिको इटुका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर