मन्थली–काठमाडौं उडान सेवा बन्द, यात्रुलाई मर्का

काठमाडौं ।  विगत दुई महिनादेखि रामेछापको मन्थलीमा उडान सुरु गरेका विमान कम्पनीहरुले मन्थली–काठमाडौं उडान सेवा बन्द गरेका छन् । मन्थलीबाट काठमाडौ र काठमाडौंबाट मन्थलीका लागि उडान तालिका नभएको भन्दै विमान कम्पनीहरुले उडान बन्द गरेका हुन् ।

गत असोज १२ गतेको भीषण बाढीका कारण बीपी राजमार्गका केही भाग बगाएपछि यातायात सम्पर्क टुटेको रामेछाप जिल्लामा असोजको तेस्रो सातादेखि नीजि विमान कम्पनीहरुले दैनिक एक उडान गर्दै आएका थिए ।

तारा एअर, समिट एअर र सीता एअरले उडान गर्दै आएको मन्थली विमानस्थलमा विगत दुई सातादेखि काठमाडौंका लागि उडान सेवा बन्द भएको छ । बिना सूचना विमान कम्पनीहरुले उडान बन्द गरेपछि जहाजको टिकट लिएका यात्रुसमेत अलपत्र परेका थिए ।

विमान कम्पनीहरुले उडान सेवा बन्द भएको घोषणा नगरेको भएपनि अहिले उडान तालिका नभएको भन्दै मन्थलीबाट काठमाडौं र काठमाडौंबाट मन्थलीका लागि उडान सेवा बन्द गरेका छन् । तर तिनै एअरलाइन्सहरुले मन्थलीबाट लुक्लाका लागि भने दैनिक ४० भन्दा बढी उडानहरु गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर