धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा हिजो सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले जानकारी दिए । यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवाको यहीी मसिर १३ गतेबाट हुने चीन भ्रमण स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर